२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाली कांग्रेस

महामन्त्री थापाले भने : 'राष्ट्रियसभाको चुनावपछि चुनावी गठबन्धन गर्दैन' 

बुधवार , पौष २१, २०७८

 

काठमाडौं, पुस ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माघ १२ गतेको राष्ट्रियसभा सदस्य निर्वाचनपछि अरु राजनीतिक दलसँग चुनावी गठबन्धन नहुने बताएका छन् ।

बुधबार शेखर कोइराला समूहका नेताहरुको छलफलमा महामन्त्री थापाले सरकारमा गठबन्धन कायमै रहे पनि राष्ट्रियसभा निर्वाचनपछि चुनावी गठबन्धन सकिने बताएका छन ।  ‘तीनै तहको चुनावमा काङ्ग्रेस एक्लै प्रतिस्पर्धा गर्छ । चुनावी गठबन्धन हुदैन’ उनले भने ।
महामन्त्री थापाले पार्टी विधि र विधान अनुसार चल्नुपर्नेमा प्रारम्भिक संकेत राम्रो नदेखिएको बताए । ‘सभापतिज्यूले सबैलाई समेटेर लैजाने र विधिको पालना गर्ने कुरो बोल्नुभएको थियो, त्यो पालना भएन’ उनले भने ।
पार्टीको संसदीय बोर्ड गठन गरेर बोर्डमार्फत नै राष्ट्रियसभा सदस्य उम्मेदवार चयन गर्नुपर्नेमा केन्द्रीय समितिबाट नाम चयन गर्नु विधान विपरीत हुने पनि थापाले बताए । आफूले सभापति शेरबहादुर देउवालाई यो कुरा सम्झए पनि बेवास्ता गरेको उनले बताए ।

थापाले भने,  शेखर कोइरालालाई बेवास्ता गरेर पार्टी चल्दैन । ‘महाधिवेशनमा ४० प्रतिशत मत पाएका शेखर कोइरालालाई बाहिर राखेर पार्टी चलाउँछु भन्नु दम्भ हो’ उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार