२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

निर्वाचन आयोग

राष्ट्रियसभा सदस्य निर्वाचन : '४३ जनाको उम्मेदवारी दर्ता, २४ गते फिर्ता लिने समय' (सूचीसहित)

मंगलवार , पौष २०, २०७८

 

काठमाडौं, पुस । आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ४३ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले यसवर्ष रिक्त हुने १९ जना राष्ट्रियसभा सदस्यको लागि माघ १२ गते निर्वाचन गराउँदैछ ।

सो निर्वाचनका लागि मंगलबार सम्बन्धित प्रदेशको निर्वाचन कार्यालयमा पुगी ४३ जनाले मनोनयन दर्ता गराएका हुन् । निर्वाचन आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले सातवटै प्रदेशबाट ४३ जनाले उम्मेदवारी दर्ता गराउनुभएको जानकारी दिएका छन ।

जसमध्ये नेकपा (एमाले) बाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा (माओवादी केन्द्र) बाट ५ जना, नेकपा (एकीकृत समाजवादी) बाट ५ जना, जनता समाजवादी पार्टी, नेपालबाट २ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना र राष्ट्रिय जनमोर्चाबाट १ जना उममेदवार रहेका छन् ।

उम्मेदवारको नाममा दावी विरोध २१ गते बिहान १० बजेदेखि ४ बजेसम्मको समय छुट्याइएको छ । २२ र २३ गते उजुरी उपर छानविन हुने, २३ गते नै उम्मेदवारको नाम प्रकाशन हुनेछ भने २४ गते उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन समय दिइएको छ ।

२५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेको आयोगका सहायक प्रवक्ता धमलाले बताए ।

 

हेर्नुहोस् उम्मेदवारको सूची

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार