२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

राष्ट्रिय सभा सदस्य निर्बाचन

आज उम्मेदवारी दर्ता : 'सबै दलले लगाए उमेद्वारको टुंगो, उमेद्वार दर्ताको तयारी गर्दै '

मंगलवार , पौष २०, २०७८

काठमाडौं, पुस । राष्ट्रियसभा सदस्य निर्वाचनको आज उम्मेदवारी दर्ता हुँदैछ । आगामी  माघ १२ गते हुने निर्वाचनका लागि मनोनयन दर्ताको कार्यतालिका बिहान १० बजेदेखि ३ बजेसम्म  रहेको छ ।
निर्वाचनका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय राखिएको छ । सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
रिक्त १९ राष्ट्रियसभा सदस्यको पदका लागि निर्वाचन हुने लागेको हो । जसमा सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात जना अन्य समूहका रहेका छन् ।

आयोगका अनुसार प्रदेश १ बाट तीन, प्रदेश २ बाट दुई, बागमतीबाट दुई, गण्डकीबाट तीन, लुम्बिनीबाट तीन, कर्णालीबाट तीन र सुदूरपश्चिमबाट तीनजना निर्वाचित हुनेछन् ।

चुनावका लागि १२ दल निर्वाचन आयोगमा दर्ता भएका छन् । यो चुनावका लागि सत्ता साझेदार  र प्रतिपक्षी एमालेले प्रतिस्पर्धा गर्दैछन् । १९ सिटमा सत्ता गठबन्धनमा रहेका दलले भागबण्डा गरेका छन् ।

जस अनुसार कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ५ - ५, जनता समाजवादीले २ र जनमोर्चाले एक सिटमा प्रतिस्पर्धा गर्नेछन् ।
एमाले भने एक्लै चुनावी मैदानमा छ । उसले एक्लै रिक्त १९ पदमा उम्मेदवारी दर्ता गर्दैछ । एमालेले सबै उम्मेदवारको टुंगो लगाइसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार