उर्लाबारी, पुस । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले एक व्यक्ति एक पद र एक कार्यकालको नियम सबै सामाजिक सङ्घ संस्थामा आवश्यक भएको बताएका छन ।
उर्लाबारी जेसीजको २४ औँ पदस्थापन कार्यक्रममा बोल्दै मन्त्री कार्कीले सो कुरा बताए । मन्त्री कार्कीले युवासँग ठूला–ठूला शासकहरू समेत डराउने गरेको उल्लेख गर्दै उनले भने, ‘पछिल्लो समय युवा पनि अगाडि क्रान्तिका कुरा गर्ने र पछाडि पुरातनवादीको दास बन्न थालेका छन् यो प्रवृतिमा सुधार आवश्यक छ ।’
युवा जगतले परिवर्तनका लागि दबाब सिर्जना गर्नुपर्नेमा जोड दिएका छन ।