२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

काँग्रेस सिराहा : सभापतिमा दुईजना उम्मेदवार 

आइतवार , पौष १८, २०७८


लहान, पुस । नेपाली काँग्रेस सिराहा सभापतिका लागि रामचन्द्र यादव र रामसुन्दर चौधरीले उम्मेदवारी घोषणा गरेका छन । दुवैजना पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा समूहकै भए पनि सहमति हुन नसक्ने अवस्था देखिएकोले औपचारिक रूपमा उम्मेदवारीको घोषणा गरेका छन ।  
अन्तर्राष्ट्रिय वर्ष २०२२ को अवसरमा बृहत् कार्यकर्तासहितको छुट्टाछुट्टै भेलामा उनीहरूले उम्मेदवारी घोषणा गर्नुभएको छ । दुवै जनाले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन ।  
धनगढीमाई नगरपालिका–१२, सरेअम्वासमा शनिबार छसय जनाभन्दा बढी नेता कार्यकर्ताको सहभागिता रहेको भेलामा वर्तमान सभापतिसमेत रहनुभएका रामचन्द्र यादवले दोस्रो कार्यकालका लागि उम्मेदवारी घोषणा गरे ।  
पार्टीको सिद्धान्त र कार्यक्रम पार्टीका कार्यकर्ता र सर्वसाधारण जनतामा बुझाउन आफू पार्टी सभापति हुँदा निकै मेहनत गरेकोले दोस्रो कार्यकाल जित्ने आधार रहेको यादवले  बताए ।  
यस पटक पार्टीको साख बढाउन र कार्यकर्ताको उच्च मनोबल बनाएर सिराहा जिल्लामा नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउन आफूले पार्टी सभापतिमा उम्मेदवारीको घोषणा गरेको रामसुन्दर चौधरीले बताएका छन ।  
प्रदेश २ का नवनिर्वाचित सभापति कृष्णकुमार यादव सिराहाका पार्टी सभापति रामचन्द्र यादवले आयोजना गरेको घोषणा सभामा सहभागी भएर शान्तिपूर्ण लोकतान्त्रिक चुनावी प्रतिस्पर्धाबाट सभापतिलगायत ७८ जना जिल्ला कार्यसमिति चयन गर्न सबै प्रतिनिधि र कार्यकर्तालाई आग्रह गरे ।  
सिराहा जिल्लामा पुस २७ गते हुने निर्वाचनमा दुई हजार ६५० जना मतदाताले भाग लिने नेपाली काँग्रेस सिराहाले जनाएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार