काठमाडौँ, पुस । आठ दिनदेखि निरन्तर चलेको नेकपा माओबादीको अधिबेशन आज सम्पन्न भएको छ । आजको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहालले आठौं महाधिवेशन अन्तर्गत प्रस्ताव गरेको केन्द्रीय सदस्यहरुको नामावली पारित गर्दै महाधिबेशन सम्पन्न भएको हो ।
निर्वाचन कार्यक्रम पटक पटक सार्दै दाहालले तयार पारेको प्रस्ताव आइतबार बेलुकी बन्द सत्रबाट पारित भएको हो । केन्द्रीय सदस्यको नामावली महाधिवेशन हलबाट पारितसँगै माओवादीको महाधिवेशन सकिएको घोषणा गरेका छन ।
महाधिबेशन हलमा अध्यक्ष मण्डलको तर्फबाट कृष्णबहादुर महराले बन्दसत्र सकिएको बताउँदै सबैलाई धन्यवाद दिएका छन् । उनका अनुसार नवनिर्वाचित घोषित केन्द्रीय समितिको सोमबार बैठक बस्ने छ ।
उक्त बैठकले पदाधिकारी चयनको विषय टुंग्याउने उनले जानकारी दिए । माओवादी केन्द्रीय कमिटी २९९ सदस्यीय रहेको छ । हलबाट दाहालले ८० बाँकी अन्य केन्द्रीय सदस्यको नाम घोषणा गरेका थिए ।