२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कलाकृति मुलुकको सम्पति

सञ्चारमन्त्री कार्कीले भने : ' साहित्य, कला र सङ्गीतले विश्वसँग जोड्छ '

आइतवार , पौष १८, २०७८

 

काठमाडौँ, पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साहित्य, कला र सङ्गीतले मुलुकलाई विश्वसँग जोड्ने बतउनुभएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा यहाँ आज आयोजित पुस्तक विमोचन समारोहमा सञ्चारमन्त्री कार्कीले कलाकृति मुलुकको सम्पति भएको उल्लेख गर्दै यसको महत्व अझै बढाउनुपर्नेमा जोड दिनुभयो ।

सरकारका प्रवक्ता रहनुभएका मन्त्री कार्कीले मुलुकका शान्ति, अमनचयन, सुशासन कायम भएपछि समृद्धि हुने र त्यसले कला साहित्यको विकासमा पनि योगदान गर्ने बताउनुभयो ।

उहाँले नेपाली समाजलाई पढ्ने समाज बनाउन जरुरी रहेको औँल्याउँदै पुस्तक किन्ने संस्कृतिको विकास गर्नु पनि उत्तिकै जरुरी रहेको बताउनुभयो । मन्त्री कार्कीले देशको सम्पदा मुलुक र जनताको हितमा प्रयोग गर्न सकिने गरी रुपान्तरणको आवश्यकता रहेको पनि बताउनुभयो ।

समारोहमा उहाँले डा रामकुमार भौकाजीद्वारा लिखित ‘समस्यामा नेपाली कला र कलाकार , डा यमप्रसाद शर्माद्वारा अङ्ग्रेजीमा लिखित ‘सोसिएल पोलिटिक्स् डाइनामिक्स अफ नेप्लिज पेन्टिङ्स्’ र ‘नेपाली मूर्तिकला विकासमा ठाकुरप्रसाद मैनाली पुस्तकको विमोचन गर्नुभएको थियो ।

समारोहमा पुस्तकबारे टिप्पणी गर्दै कला लेखक मुकेश मल्लले पुस्तकमा कलाकारका लेख बढी राख्नुभन्दा अनुसन्धानमूलक पुस्तक आजको आवश्यकता भएको औँल्याउनुभयो ।

लेखक डा यमप्रसाद शर्मा, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य र सदस्य सचिव विपीनकुमार घिमिरेले भनाइ राख्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार