२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

माओवादी महाधिबेशन   

विधान अनुमोदन : '१५ पदाधिकारीसहित २९९ सदस्यीय समिति'

शनिवार , पौष १७, २०७८

काठमाडौं, पुस । नेकपा (माओवादी) केन्द्रको विधान मस्यौदा अनुमोदन भएको छ । यसअघि अन्तिम केन्द्रीय समिति बैठकमा प्रस्ताव गरिएको विधान मस्यौदा केही परिमार्जनसहित ८औं महाधिवेशनको बन्दसत्रबाट पारित भएको हो अनुमोदित विधान अनुसार माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ भने १५ जना पदाधिकारी रहने छन् ।

विधान अनुसार पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछ । पदाधिकारीलाई समावेशी बनाउने उल्लेख गरिएको छ ।

यस्तै केन्द्रीय समितिमा ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी मिलाइने व्यवस्था रहेको छ । १५ प्रतिशत सदस्य मनोनीत गरिने छ । यसअघि १० प्रतिशतमात्रै मनोनीत हुने व्यवस्था थियो ।

माओवादीका एक केन्द्रीय सदस्यका अनुसार मस्यौदामा केही परिमार्जन गरी प्रतिनिधिको सुझाव अनुसार राष्ट्रिय परिषद्को पनि व्यवस्था गरिएको छ ।

यस्तै, केन्द्रमा जस्तै प्रदेशअन्तर्गत पनि गैरभौगोलिक विशेष कमिटी निर्माण गर्न सकिने व्यवस्था गरिएको उनले बताए । जसअनुसार महाशाखा, शाखा गठन हुनेछन् ।

विधान पारित भएलगत्तै बन्द सत्रस्थल कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमै स्थायी कमिटी बैठक जारी छ । बैठकपछि निर्वाचन प्रक्रिया सुरु हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार