२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

माओवादी  महाधिवेशन : 'आज पनि बन्द शत्र  निरन्तर, छलफल सकिँदै' 

बिहिवार , पौष १५, २०७८

 

काठमाडौं, पुस ।  नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्द सत्रमा आज पनि प्रतिनिधिले राजनीतिक र विधान मस्यौदा प्रतिवेदनमाथि सामूहिक छलफलको निष्कर्ष सुनाउने क्रम जारी रहने भएको छ ।

छलफलको निष्कर्ष सुनाउने क्रम सकिएपछि दुवै प्रतिवेदन अनुमोदन गर्ने र नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया सुरु गर्ने कार्यतालिका रहेको माओवादी केन्द्रको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले आफूहरु निर्वाचनको तयारीमा रहेको बताए । श्रेष्ठले  भने, ‘विधान मस्यौदा पारित भए लगत्तै सम्भवतः आजै निर्वाचन तालिका प्रकाशन हुन्छ, हामी भोटिङको लागि तयारी अवस्थामा छौं ।’

अध्यक्ष प्रचण्डले गत सोमबार पेस गरेको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले पेश गरेको विधान मस्यौदामाथि छलफल गर्न २५ वटा समूह बनाइएको छ । तीमध्ये ११ वटा समूहका टोली नेताले बुधबार आफ्ना धारणा राखिसकेका छन् ।

बाँकी टोलीले आज आफ्ना धारणा प्रस्तुत गर्नेछन् । समूहगत छलफलको निष्कर्ष सुनाउन प्रत्येक टोली नेतालाई १५ मिनेटको समय दिइएको छ ।

प्रस्तुतिको अभिलेखीकरण गर्न तीन सदस्यीय टोली बनाइएको छ । समूहगत छलफलको निष्कर्ष लिखित रुपमा राख्न निर्देशन जारी गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार