काठमाडौँ, पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा लोकतान्त्रिक तरिकाले नेतृत्व चयन हुने बताएका छन ।
लोकतान्त्रिक तरिकाले नेतृत्व चयन प्रक्रिया अघि बढ्ने बताएका हुन् बन्दसत्रमा बुधबार ११ समूहका टोली नेताले छलफलको निष्कर्ष सुनाएका छन ।
अध्यक्ष दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देव गुरुङले पेस गरेको बिहीबारको बन्द सत्रमा बाँकी १४ समूहका प्रमुखले निष्कर्ष सुनाउने र त्यसपछि अध्यक्ष दाहालले जवाफ दिने कार्यसूची रहेको माओवादी केन्द्रले जनाएको छ ।
माओवादीको महाधिवेशन यही पुस ११ गते सुरु भएको हो।