२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

माओवादी महाधिवेशन

दाहालको प्रतिवेदनमाथि छलफल : '२५ समूहको निष्कर्ष सुनाइँदै '

बुधवार , पौष १४, २०७८

काठमाडौँ, पुस । माओवादीको आठौं महाधिवेशनको तेस्रो दिन अध्यक्ष पुष्पकमल दाहालको प्रतिवेदनमाथि २५ वटा समूहको निष्कर्ष सुनाइँदै छ । महाधिवेशनस्थल प्रज्ञा प्रतिष्ठानमा दिउँसो एक बजेदेखि सुरु हुने बन्द सत्रमा २५ वटा समूहका नेताहहरुले आफ्ना निष्कर्ष पेस गर्नेछन ।   

अध्यक्ष दाहालले सोमबार एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको राजनीतिक प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदन छलफलका लागि महाधिवेशनमा सहभागी प्रतिनिधिहरुको २५ वटा समूह बनेको थियो ।

समूहले मंगलबार दिनभरि र बुधबार बिहान निष्कर्ष तयार पारेका छन् । उक्त निष्कर्ष सबै  प्रतिनिधि सहभागी बन्द सत्रमा सुनाउन लागिएको हो ।

दाहालको दस्ताबेज कार्यान्वयनमा शंका २५ वटै समूहले पार्टीको आगामी कार्यदिशालाई लिएर अध्यक्षले ठोस कार्यदिशा तय नगरिएको भन्दै सच्याउन लगाउने बताएका छन । पार्टीको अबको राजनीति, संगठन कस्तो हुने भन्नेबारे दाहालको दस्तावेजले स्पष्ट नपारेको उनीहरुको निष्कर्ष छ ।

एमसीसी परियोजना लगायत अन्य शीर्षकमा भने समूहको मिश्रित निष्कर्ष आएको छ। कोहीले एमसीसी पारित हुनुपर्ने, कोहीले यो संशोधनसहित पारित गर्नुपर्ने र कोहीले एमसीसी पारित गर्नै नहुने निष्कर्ष निकालेका छन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार