२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको मूल्य दुई सय रुपैयाँले घट्यो

मंगलवार , पौष १३, २०७८

काठमाडौँ, पुस । नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा अर्थात् गत सोमबारको तुलनामा आज मंगलबार छापावाला सुन तोलामा दुई सय रुपैयाँले घट्दै ९३ हजार रुपैयाँ कायम भएको हो ।

तेजाबी सुनको मूल्य समेत गत सोमबारको तुलनामा तोलामा दुई सय रुपैयाँले नै घट्दै आज प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ । महासंघका अनुसार गत सोमबार प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घट्दै एक हजार २५० रुपैयाँमा झरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार