२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

माओवादी बन्दसत्र : आजबाट समूहगत छलफल

मंगलवार , पौष १३, २०७८

काठमाडौं, पुस, । नेकपा माओवादी केन्द्रको बन्दसत्रमा राजनीतिक र विधान मस्यौदा प्रस्तावमा प्रतिनिधिहरुबीच समूहगत छलफल हुँदैछ ।

छलफल गर्न प्रतिनिधिहरुलाई २५ समूहमा बाँडिएको छ आज समूहमा छलफल गरेर भोलिबाट टोली नेताले छलफलकोे निष्कर्ष प्रस्तुत गर्ने माओवादी केन्द्रले जनाएको छ ।

माओवादी प्रतिनिधिहरुको टोलीलाई प्रज्ञा भवन, पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा र पार्टी प्यालेसहरुमा राखिएको छ ।

माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत हिजोको बन्दसत्रमा अध्यक्ष प्रचण्डले राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार