काठमाडौँ, पुस । आइतबार ७१ अंक माथिले बढेको बजारमा आज सोमबार एकैदिनमा करिब ७० अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ६९।७७ अंकले घटेर २५ सय २१।६५ विन्दुमा ओर्लिएको छ ।
यस दिन ;क वर्गको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम् १०।८५ अंकले घट्दै ४७१।८९ विन्दुमा झरेको छ । आज सबै उप सूचक ऋणात्मक हुँदा बजार नै राताम्मे भएको छ । झण्डै ७० अंकले घटेको बजारमा आज पाँच अर्ब ६० करोड ७४ लाखको कारोबार भएको छ । गत आइतबार ७१ अंक माथिले बढेको बजारमा ५ अर्ब १७ करोड ३२ लाखको कारोबार भएको थियो ।