काठमाडौँ , पुस । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग भएको एकता गल्ती नभएको बताएका छन । आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह सम्बोधन गर्दै उनले एमालेसँग एकता स्थायित्व र समृद्धिकै लागि भएकोले त्यसमा गल्ती नभएको बताए। 'एमालेसँगको एकता कुनै गल्ती भएको होइन ।
स्थायित्व र समृद्धिका लागि एमालेसँग एकता भएको थियो', दाहालले भने, 'यहाँ आउनु भएको शंकरजीले पनि एकता गल्ती नभएको बताउनुभएको छ। त्यो बुझाइ ठीक छ। तर एकता किन भंग भयो त्यस विषयमा हामीले महाधिवेशनमा समीक्षा गर्ने छौं।
एमालेले पनि त्यसलाई समीक्षा गरोस । उनले महाधिवेशनमा अध्यक्ष केपी ओलीलाई सम्बोधनका लागि आग्रह गरे पनि जिल्ला बाहिर रहनु भएको कारण संभव नभएको बताएका थिए। कार्यक्रममा भएकाले महासचिव शंकर पोखरेलले सम्बोधन गरेका थिए।