२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

माओवादी महाधिवेशन

प्रधानमन्त्री देउवाले भने : 'एससीसी राष्ट्रघाती छैन, राम्रोसँग बुझ्नुपर्यो'

आइतवार , पौष ११, २०७८

काठमाडौँ, पुस । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी राष्ट्रघाती नभएको दाबी गर्दै पहिले पढेर मात्रै प्रतिक्रिया जनाउन आग्रह गरेका छन् ।

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले एमसीसीबारे राम्रो अध्ययन गरेरमात्रै बोल्न आग्रह गरे । मैले एउटा कुरा चाँहि बोल्नैपर्ने भो, एमसीसी राष्ट्रघाती भन्नुभयो, राष्ट्रघाती भन्नेले पढेको छ कि छैन ? थाहा छैन ।

पहिले पढ्नुपर्यो, एमसीसी । कहाँ छ राष्ट्रघाती ? मैले त राष्ट्रघाती कही पढेको छैन, देउवाले अघि भने, यदि एमसीसी राष्ट्रघाती हो भने त म पनि चाहदिनँ ।

उनले आफू पनि लामो समय नेपालको राष्ट्रियताको पक्षमा लडेर आएको भन्दै राष्ट्रघात हुने गरी कुनै सन्धि सम्झौता नगर्ने बताए । म पनि नेपालको प्रधानमन्त्री हुँ, नेपालको राष्ट्रियताको खिलापमा जाउँला कहिल्यै ? म पनि राष्ट्रकालागि लडेको मान्छे हुँ, त्यति राष्ट्रघाती सन्धि किन गरुला ? त्यति राष्ट्रघात काम मैले किन गरौँला ?,’ देउवाले प्रश्न गरे ।

उनले एमसीसी सहमतिबाटै पास हुने विश्वास व्यक्त गरे। हामीबीचमा पनि छलफल भइरहेको छ, एमसीसी नेपालको हितमा छ, सित्तैमा आएको पैसा हो, सित्तै आएको पैसा किन चाहिदैन भन्ने ? विश्व बैंक, एसियाली विकास बैंकबाट हामी ऋण लिन्छौँ, त्यसमा अन्तर्राष्ट्रिय कानुन लागू हुन्छ ।

तर एमसीसीले सित्तैमा दिन्छु भन्छ, नेपालकै कानुन मान्छु भन्छ, तैपनि मान्दैनन्,’ देउवाले भने, राम्रोसँग बुझ्नुपर्यो। यसमा राम्रोसँग छलफल गर्नुहोला । मलाई लाग्छ, हामी यसलाई सहमतिबाटै पास गराउनेछौँ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार