२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

'नेताहरू नियममा नबस्दा देश असफल हुन्छ' : माधव नेपाल

आइतवार , पौष ११, २०७८

काठमाडौँ, पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा रहेका असमानता, विकृति र विसंगति अन्त्य गर्ने कुरामा राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन ।

नेताहरू नीति, विधि र नियममा नबाँधिँदा देश असफल हुने उनको भनाइ थियो। 'किन देश असफल हुन्छ । त्यस विषयमा लेखिएको छ मानिस, नेता र पार्टी नियममा बाँधिन चाहँदैन ।

नीति, विधि र विधानमा बाँधिन नचाहँदा देश असफल हुने रहेछ,' नेपालले भने । आइतबार नेकपा (माओवादी केन्द्र) को ८औं महाविधेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले देशमा रहेका असमानता, विकृति र विसंगति अन्त्य गर्ने कुरामा राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने बताए ।

अध्यक्ष नेपालले जनताको विश्वास जित्ने कुरा गरेर मात्र पर्याप्त नहुने भन्दै काम र व्यवहरलाई जनताले अनुभूत हुने गरी राजनीतिक दलहरूले काम गर्नुपर्ने बताए । अध्यक्ष नेपालले भने, हाम्रो ध्यान असमानतालाई अन्त्य गर्ने कुरामा हुनुपर्छ ।

अन्यायलाई अन्त्य गर्ने कुरामा, विभेदलाई समाप्त गर्ने कुरामा, शोषण, उत्पीडनलाई समाप्त पार्ने कुरामा, जनताको पीडा र वेदनाहरूलाई सम्बोधन गर्ने कुरामा केन्द्रित हुनुपर्छ । त्यसोभए मात्रै हामीले आफूलाई लोकतान्त्रिक, वामपन्थी, कम्युनिष्ट भन्ने हो भने पनि त्यसको कुनै अर्थ रहन सक्छ ।

राजनीतिक पार्टी जनताको विश्वास जित्यो भने मात्रै अघि बढ्न सक्दछ । जनताको विश्वास जित्न कुरा मात्रै पर्याप्त छैन, काम र व्यवहरलाई जनताले हेर्न चाहन्छन् । काम र व्यवहारमा कहाँ चुक्यौँ त्यसको समीक्षा गरौँ ।

गरिबी अन्त्य गर्न पार्टीका नेताहरुको बीचमा छलफल हुनुपर्छ ।’अध्यक्ष नेपालले भ्रष्टाचरालई निमिट्यान्न नपारेसम्म राजनीतिक दलहरूले जनताको मन जित्न नसक्ने भन्दै परिवर्तन नेपाली जनताको हितका लागि हुनुपर्ने बताएका थिए । यस्तै भ्रष्टाचारका कारण जनतामा नेताहरूप्रति वितृष्णा उत्पन्न भएको उनले बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार