२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

'राष्ट्रियताको विषयमा सबै दल एक ठाउँमा आउँ ': महामन्त्री कुन्ती शाही

आइतवार , पौष ११, २०७८

काठमाडौँ , पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की महामन्त्री कुन्ती शाहीले दलहरूका बीचमा विचार फरक फरक भए पनि मुलुकको विकास र राष्ट्रियताको विषयमा सबै दलहरू एक ठाउँमा आउनुपर्ने बताएकी छन् ।

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन उद्घाटन सत्रमा बोल्दै महामन्त्री शाहीले अब देशमा बलियो अर्थतन्त्र र राष्ट्रियता भएको देश बनाउनेमा केन्द्रित बन्नुपर्नेमा जोड दिइन्।

म यहाँ मञ्चमा बस्नुभएका नेताहरूभन्दा फरक विचार राख्ने दलको प्रतिनिधित्व गर्छु, तर तपाईं र हाम्रो विचार फरक छ, अझ विशेष गरेर माओवादी केन्द्रको विचारसँग हाम्रो वैचारिक भिन्नता छन्,’ उनले भनिन्, ‘तर हामी यो देशको विकासका लागि यही भूमिमा जन्मिएका दलहरू हौं, त्यसैले अब विचारतिर होइन, राष्ट्रियता बलियो बनाउनमा केन्द्रित बनौं, ।

बलियो अर्थतन्त्र भएको देश बनाउनमा केन्द्रित बनौं । उनले नेपालमा विदेशीहरूको चलखेल निस्तेज बनाउने विषयमा सबै दलहरूको समान विचार र धारणा रहेको समेत बताइन् ।

महामन्त्री शाहीले माओवादी केन्द्रको आठौं महाधिवेशनले जनताको चाहना पूरा गर्ने दिशामा केन्द्रित बनोस् भन्ने कामना गरिन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार