मोरङ, पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिराटनगर बिमानस्थल पुगेर पत्रकारसँग प्रतिनिधिसभामा एमालेको अवरोध चुनावसम्मै रहने बताएका छन । झापाका आइतबार आयोजना हुने कार्यक्रममा भाग लिन जाने क्रममा उनले बिमास्थलमा भने, आफूहरूले पार्टीबाट निष्कासन गरेकालाई राखेर सरकारले बोलाएको सर्वदलीय बैठकमा आफूहरू नजाने पनि बताए ।
पार्टी विभाजन भएदेखि एमालेका सांसदहरूले सदनमा अवरोध गर्दैआएका हुन् । पत्रकारसँग कुराकानीको क्रममा अध्यक्ष उनले ‘अर्ली इलेक्सन भए पनि नभए पनि इलेक्सन हुनुपर्छ,’ उनले भने, ‘इलेक्सन भएपछि धोपीपाट लगाइन्छ ।’
यस क्रममा सरकारले हालसम्म एमसीसीको बारेमा आफ्नो नीति ल्याउन नसक्नु सरकारको कमजोरी भएको ओलीको भनाइ थियो । पत्रकारहरुले ओली आफू सरकारमा रहँदा के भयो भनी राखेको जिज्ञासमा भने उत्तर दिन चाहेनन् ।
पत्रकारको थप जिज्ञासा थियो, एमसीसी परियोजनामा उनले गोपला खनाललाई राखीछोडेको अनि सरकारमा रहँदा छसय करोड ल्याएको भन्ने भनाइ रहेको पनि जिज्ञासा राखेका थिए ।
पत्रकारहरुले थपे, स्रोत, साधन र अवसरमा भने लुछाचुँडी गर्ने, महत्वपूर्ण निर्णय गर्ने बेलामा भने एउटा बहाना बनाएर भाग्ने प्रबृति रहेको भनी जिज्ञासा पनि राखे । यसले देशलाई सँधै अनिर्र्णयको बन्दी बनाइराख्ने गरेको पनि कुरा उठाए ।
‘सरकारले एमसीसीको बारेमा आफ्नो नीति बताउन सकेको छैन । व्यक्तिगत तवरले सरकारले कुरा गरिरहेको छ र गठबन्धनको सरकार भएपछि गठबन्धनको एउटा धारणा त आउनुपर्छ नि ?’ अध्यक्ष ओलीले भने ।
गठबन्धन दलभित्रका एमसीसीबारे पार्टीहरूको आआफ्ना छुट्टै नीति भएकोले अन्योल बनेको उनको धारणा थियो । तर एमसीसीको बारेमा पहिले सरकारको धारणा आएपछि मात्रै आफूहरूले केही बोल्ने उनले बताए ।
जसपाबाट निर्वाचित गाउँपालिका ७ का वडाध्यक्ष भगवानलाल बेसरालाई एमालेमा प्रवेश गराउन अध्यक्ष ओली मोरङ पुगेका हुन् । ओलीले एमालेको १०औं महाधिवेशनपछिका तीन महिना पार्टी प्रवेशको अभियान चलाउने बताएका थिए । यसअघि जनता समाजवादीको तर्फबाट वडा नं ४ का अध्यक्ष जयनरथ गिरी पनि एमालेमा प्रवेश गरेका थिए ।