२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

अहिंसात्मक आन्दोलनको तयारी 

अध्यक्ष लिंग्देन भन्छन : “आन्दोलनबाटै हिन्दु राज्य र राजसंस्था”

'राजसंस्था पुनस्थापना र हिन्दुराष्टका लागि  नेपाली जनता आतुर छन '

शुक्रवार , पौष ९, २०७८


दाङ, पुस । राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिंग्देनले राजसंस्थासहितको प्रजातन्त्र र हिन्दु राज्य आन्दोलनबाटै स्थापित हुने बताएका छन । 
रिपोटर्स क्लव दाङले तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने,  ‘हामीले आन्दोलनबाटै वा निर्वाचनबाट राजसंस्थासहितको प्रजातन्त्र र हिन्दु राज्यको स्थापना गर्नेछौं ।’ 
उनले थपे,  तर हाम्रो आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुने छ’, क्लवका अध्यक्ष शरद रेग्मीको सभापतित्वान भएको सो कार्यक्रममा उनले भने, राजसंस्था पुनस्थापना र हिन्दुराष्टका लागि  नेपाली जनता आतुर रहेका छन ।’  
त्यसैगरी कांग्रेस महाधिवेशनमा आफुले बोलेको अभिव्यक्तिका विषयमा उनले कुनै प्रतिक्रिया दिएनन् । ‘कांग्रेस महाधिवेशनमा मैले बोलेका कुराको प्रतिक्रियाका विषयमा मैले प्रतिवाद गर्न चाहन्न, त्यो त जनताले स्वयम प्रतिवाद गरिसकेका छन्’, साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष लिंग्देनले भनाई राखे । 
त्यसैगरी, अहिले चर्चामा रहेको एमसिसिका विषयमा पनि राप्रपाले चाँडै आफ्नो आधिकारीक धारणा बनाउने उनले स्पष्ट पारे । 
‘एमसिसि पहिले संसदमा टेवुल होस, यसका विषयमा व्यापक छलफल होस, त्यसपछि मात्रै आवस्यकता अनुसार धारणा बनाउन सकिन्छ’, उनले थपे  । 
मुलुकमा धेरै महत्वाकांक्षी विकास निर्माणका योजनाले गति लिन नसकेको अवस्थामा यति सानो जम्मा ५५ अर्वको परियोजनामा यतिधेरै टिकाटिप्पणी पनि आवस्यक नभएको उनले बताए । ‘यति सानो सहयोगले पनि मुलुकको स्वाभिमान, राष्ट्रिय स्वाधिनता, स्वाभिमान र राष्ट्रिय अखण्डतामा आँच आउनु हुंदैन भन्ने हाम्रो मान्यता हो’ उनले भने ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार