२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस प्रदेश महाधिवेशन

प्रदेश २ कांग्रेस : 'सभापतिमा संस्थापन पक्षका कृष्ण यादव विजयी'

शुक्रवार , पौष ९, २०७८

जनकपुरधाम, पुस । नेपाली कांग्रेसको प्रदेश २ सभापतिमा संस्थापन पक्षका कृष्ण यादव विजयी भएका छन् । रौतहटका यादव १४१ मत अन्तरले प्रदेश सभापतिमा निर्वाचित भएका हुन् ।

आज बिहान सार्वजनिक मत परिणामअनुसार यादवले ९९६ मत पाएका छन् । उनका प्रतिस्पर्धी राम सरोज यादवले ८५५ मत पाएका छन् । प्रदेश सभापतिमा निर्वाचित यादव नेपाली कांग्रेस रौतहटका सभापति हुन् ।

अर्का प्रत्यासी रामसरोज भने कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री हुन् । १९ सय ३८ मतदाता मध्ये १८ सय ८१ मत खसेको थियो ।

३० मत बदर भएको छ । मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश २ को अधिवेशन आन्तरिक विवादका कारण रोकिएको थियो र नेतृत्व चुन्न बिहीबार मात्रै मतदान भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार