२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रतिनिधिसभा बैठक

प्रतिपक्षी दल एमालेकाे नाराबाजी : " अवरोधका बीच संसद् कार्यसूचीमा प्रवेश "

मंगलवार , पौष ६, २०७८

काठमाडौं, पुस । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आजको प्रतिनिधिसभा बैठकमा पनि अवरोध कायमै राखेको छ । बैठक सुरु हुने वित्तिकै एमाले सांसदले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरी अवरोध गरेका हुन् ।

एमालेले संसद्को अघिल्लो अधिवेशनदेखि नै आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त गरेको सूचना टाँस नगरेको भन्दै संसद्मा अवरोध गर्दै आएको छ ।

एमाले सांसदले नाराबाजी गरिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावलीमा अदालतमा विचराधीन विषयमा छलफल हुननसक्ने व्यवस्था रहेकोतर्फ पटक–पटक ध्यानाकर्षण गराउँदै सभा सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

सभामुख सापकोटाको आग्रहपछि पनि एमाले सांसदहरुले नाराबाजी र रोष्ट्रम घेराउ जारी राखेपछि सभामुखले संसदको आजको कार्यसूची अगाडि बढाउनुभएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार