२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

महिला केन्द्रीय सदस्य : "९ केन्द्रीय सदस्य निर्वाचित, डिलालाई लोकप्रिय मत"

सोमवार , पौष ५, २०७८

काठमाडौं, पुस  । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट महिला आरक्षण कोटाबाट ९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

सोमबार सार्वजनिक मत परिणाम अनुसार डिला संग्रौला पन्त सबैभन्दा धेरै मत ल्याएर निर्वाचित भएकी छन् । उनले २८८५ मत पाइन् । त्यसपछि पुष्पा भुसाल २७१८, आरजु राणा देउवा २५३६, अम्बिका बस्नेत २३३९, ईश्वरी न्यौपाने २२५९ मत ल्याएर निर्वाचित भएका छन् ।

त्यस्तै सरिता प्रसाईंले २०९६, रमा कोइराला पौडेल १८५८, सुशीला ढकाल आचार्य १८०४ र रंगमती शाही १७८९ मत ल्याएर निर्वाचित भए । महिलातर्फको केन्द्रीय सदस्य ९ पदका लागि ३० जनाले उम्मेदवारी दिएका थिए ।

 

कसले कति मत पाए ?

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार