गौर, पुस । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सदियौँदेखि उत्पीडनमा रहेका वर्गको उत्थानका लागि जसपा नेपाल वैकल्पिक शक्तिका रूपमा रहेको बताएका छन ।
रौतहटको ईशनाथ नगरपालिकास्थित मोतिया बजारमा शनिबार जसपाको नगर कमिटीले आयोजना गरेको पार्टी सुदृढीकरण एवं जनजागरण अभियान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सो कुरा बताएका हुन ।
म्ुाख्यमन्त्री राउतले मुलुकमा सदियौँदेखि पछि परेका समुदाय र वर्गको अधिकार सुनिश्चितताका लागि काँग्रेस, कम्युनिस्ट पार्टीले कुनै चासो नदेखाएको आरोप लगाउँदै उनले उत्पीडनमा रहेका वर्गको अधिकार सुनिश्चितताका लागि जसपा नेपाल वैकल्पिक शक्तिका रूपमा रहेको उल्लेख गरे ।
मधेसी, जनजाति, दलित, मुस्लिम, महिलालगायतका सम्पूर्ण पिछडिएका वर्गको हक–अधिकार सुनिश्चितताका लागि जसपा नेपाल कटिबद्ध रहेको भन्दै मुख्यमन्त्री राउतले प्रदेश २ सरकार जनसङ्ख्याको आधारमा महिलालाई पचास प्रतिशत, दलितलाई १८ प्रतिशत, मुस्लिमलाई १२ प्रतिशत तथा अन्य समुदायका लागि समेत सिट आरक्षण गरेको जानकारी दिएका छन ।
प्रदेश सरकारले प्रहरी ऐन, लोकसेवा आयोग गठन, निजामती सेवा ऐनलगायत विभिन्न ऐन कानुन निर्माण गरेको बताएका छन । उनले आगामी दिनमा यहाँका युवक युवतीहरू प्रहरी, प्रशासनलगायत विभिन्न पदमा आरक्षित हुने संरचना तयार गरेको दाबी गरे ।
प्रदेश सरकारको काम सङ्घीय सरकारले गरिरहेको प्रति कडा आपत्ति जनाउँदै मुख्यमन्त्री राउतले बजेट बाँडफाँडको मापदण्ड जनसङ्ख्याको आधारमा हुनुपर्ने धारणा राखे । उनले प्रदेश सरकारलाई कम बजेट प्राप्त हुनाले सोचे अनुसारको उपलब्धि हासिल गर्न कठिनाइ भइरहेकोजानकरी दिएका छन