काठमाडौँ, पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसद्मा जारी अवरोध र एमसीसीबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले आइतबार अपराह्न ४ बजे सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
सर्वदलीय बैठकबारे जानकमरी दिदै प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले आइतबार ४ बजे बोलाइएको सत्तचारकर्मीलाई जानकारी दिएका छन। बैठकमा एमसीसीलाई संसद्मा लैजाने विषयमा छलफल हुने एक मन्त्रीले बताएका छन् ।
संसद्मा जारी अवरोध अन्त्य गर्ने र एमसीसीलाई संसद्को एजेन्डा बनाउनेबारे सर्वदलीय बैठक बोलाउने कुरा भएको छ, ती मन्त्रीले भने । संघीय संसद्का दुवै सदनमा एमालेले अवरोध गर्दैआएको छ ।
त्यस्तै, अमेरिकासँग गरिएको एमसीसी सम्झौता लामो समयदेखि संसद्मा दर्ता भएर बसेको छ । उक्त सम्झौता संसद्बाट पास गर्न अमेरिकाले दबाब दिँदै आएको छ ।
तर सत्तारुढ दलहरूबीच नै एकमत नहुँदा एमसीसी सम्झौता अगाडि बढ्न सकेको छैन । सर्वदलीय बैठकमा संसद्मा रहेका सबै राजनीतिक दललाई बोलाइएको बताइएको छ ।