२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रदेश २ महिला समूह : ' चित्रलेखा यादव विजयी '

शनिवार , पौष ३, २०७८

काठमाडौं, पुस । नेपाली कांग्रेसकी पूर्व कोषाध्यक्ष चित्रलेखा यादव पार्टीको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी छिन् । उनी प्रदेश २ को महिला समूहबाट यादव विजयी भएकी हुन् ।

यादवले २७ सय ३१ मत ल्याइन् । उनकी प्रतिस्पर्धी गीता चौधरीले १८८५ मत ल्याइन् । फराकिलो जित निकाल्ने क्रममा यादवले ८४६ मत बढी ल्याइन् ।

यादव संस्थापन निकटकी हुन् । यसअघि प्रदेश २ को खुला २ सिटमा आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार