२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सहमहामन्त्रीकाे मतदान सम्पन्न : थारु समूहतर्फ उमाकान्त चौधरी विजयी

शुक्रवार , पौष २, २०७८

काठमाडौं, पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सहमहामन्त्रीमा उमाकान्त चौधरी विजयी भएका छन् । थारु समूहतर्फ उनी विजयी भएका हुन् । उनले २७ सय ५६ मत ल्याए ।

उनी कांग्रेसको संस्थापन समूहबाट मैदानमा थिए । कांग्रेसको कृष्णप्रसाद सिटौला समूहका उनी शेरबहादुर देउवासँग चुनावी तालमेल भएपछि सहमहामन्त्रीका उम्मेदवार बन्न पाएका थिए ।

उनी खानेपानी मन्त्रीसमेत हुन् । उनका निकटतम प्रतिस्पर्धी तेजुलाल चौधरीले १८ सय ७७ मत प्राप्त गरे । तेजुलाल डा. शेखर कोइरालाको समूहका उम्मेदवार हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार