२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सहमहामन्त्रीकाे मतदान सम्पन्न : 'पिछडिएको क्षेत्रतर्फ बद्री पाण्डे विजयी '

शुक्रवार , पौष २, २०७८

काठमाडौं, पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा बद्री पाण्डे विजयी भएका छन् । उनले मुख्यमन्त्रीसमेत रहेका निकटतम प्रतिस्पर्धी जीवनबहादुर शाहीलाई हराए ।

पाण्डेले २४ सय ११ मत ल्याए । शाहीले २१ सय ३३ मत ल्याए । पाण्डेले २७८ मतको अन्तरसहित जित हासिल गरेका हुन् । पाण्डे डा. शेखर कोइरालाको समूहबाट उम्मेदवार बनेका थिए ।

उनीसँग प्रतिस्पर्धामा शाही भने शेरबहादुर देउवा समूहबाट उम्मेदवार थिए । सो समूहबाट उम्मेदवार बनेका चेतराज बजालले ९९ मतमात्र पाए । ४९ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार