२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

झापा : 'हात्तीको आक्रमणमा एकको ज्यान गयो' 

शुक्रवार , पौष २, २०७८


बिर्तामोड, पुस । झापामा जङ्गलमा घाँस काट्न गएका एक वृद्धालाई हात्तीले आक्रमण गरी मारेको छ ।

कनकाई नगरपालिका–२ स्थित जामुनबारी सामुदायिक वन तथा जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा घाँस काट्न गएका स्थानीय ७८ वर्षीय कृष्ण भुजेललाई हात्तीले आक्रमण गरी मारेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायव निरीक्षक मानबहादुर जिम्बाले बताएका छन ।  

सोमबार दिउँसो घाँस काट्न जङ्गल गएका भुजेल रातिसम्म पनि घर नफर्किएपछि प्रहरी र स्थानीयले खोजी गरेका थिए । 

सामुदायिक वनभित्र बुधबार दिउँसो मात्रै भुजेलको शव हात्तीले आक्रमण गरी मारेको अवस्थामा फेलापारिएको प्रहरीले जनाएको छ । पोस्टमार्टमपछि भुजेलको शव परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार