२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

विश्वप्रकाशमाथि काग्रेसीको विश्वास

शेरबहादुरसँग बिद्रोह : "महामन्त्रीमा शानका साथ  विजयी भए विश्वप्रकाश " 

बिहिवार , पौष १, २०७८

 

काठमाडौं, पुस ।  राजनीतिमा जो जोखिम मोलेर लड्न तयार हुन्छ उस्को कि जीत हुन्छ कि हार । जीतबाट उसले छलाङ मार्छ र हारका बाबजुद आफ्नो अस्तित्व देखाउन सक्छ । विश्वप्रकाश शर्माले त्यही जोखिम मोले ।

काँग्रेसका लोकप्रीय नेता शर्माले १४औं महाधिवेशनको भोलिपल्ट बोल्ड निर्णय लिए । उनलाई प्रवक्ता बनाउने पार्टी सभापति शेरबहादुर देउवाको साथ छाडे । आश्चर्यजनक रुपमा पूर्वमहामन्त्री प्रकाशमान सिंहको समूहमा गए ।

चुनावी मतगणनामा प्रकाशमान सिंह सभापतिमा तेस्रो भए । उनको मत मात्र ३७१ थियो । उपसभापतिमा उनको प्यानलबाट उम्मेदवार बनेकी सुजाता कोइरालाको मत केही बढेर ६४४ पुगाे । तर, परिणाम उनकै पक्षमा आयो ।

विश्वप्रकाश सामू विकल्प थियो, आफूले नेविसंघको सभापति बनाएका प्रदीपलाई नेता मान्ने वा विद्रोह गर्ने । विश्वप्रकाशले विद्रोहको बाटो रोजे, जसलाई देशभरबाट आएका महाधिवेशन प्रतिनिधिले अनुमोदन गरिदिएका छन् ।

विश्वप्रकाश शर्मा काँग्रेसका हस्ती नेताहरु डा. प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल र लोकप्रीय नेता प्रदीप पौडेललाई पछि पार्न सफल भए । तीनैजना नेताहरु बलियो प्यानलमा थिए । तर, लोकप्रीय नेता शर्माको पक्षमा मत ओइरियो ।

विश्वप्रकाशले महामन्त्रीमा जित हासिल गरेपछि उनको निर्णय सही सावित भयो । उनले राजनीतिमा मोलेको जोखिमले छलाङ मारे ।
विगतमा कहिले केन्द्रीय सदस्यमा त कहिले झापा जिल्ला सभापतिको प्रतिष्पर्धामै शर्मा पराजित भएका थिए । नेविसंघका पूर्व अध्यक्ष शर्मा वजनदार बोलीका कारण लोकप्रीय थिए ।

आम मानिसमा काँग्रेसलाई हेर्ने दृष्टिकोणमा व्यापक परिवर्तन ल्याउन सके । युवाहरुमा काँग्रेसप्रतिको आकर्षण बढाउन योगदान पुर्याए । उनको यो भूमिकाको मतदाताले कदर गर्दै विजयी बनाए ।
बिश्व खबर

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार