२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेसको १४औँ महाधिवेशन

महामन्त्रीकाे मतगणना शुरु : ' चार समूहका छजना भिड्दै'

बिहिवार , पौष १, २०७८

काठमाडौं,  पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदका लागि मतगणना शुरु भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले बिहान ८ बजेदेखि मतगणना हुने जनाएको भए पनि गणकहरुको अभावमा ढिला मात्र मतगणना शुरु भएको हो ।  समिति सचिव जगन्नाथ श्रेष्ठले साढे १० बजेदेखि महामन्त्रीको मतगणना शुरु भएको जानकारी दिए ।

निर्वाचन समितिका अर्का सचिव केशव रिजालले गणकको सुत्ने समय नपुगेकाले मतगणनामा ढिलाइ भएको बताएका हुन् । उनले भने, मतगणना गर्ने साथीहरु आउनु पर्यो । केही समय सुत्न पनि पर्यो । बिहान ३ बजेसम्म उपसभापतिको मत गनियो । निद्रा नपुगेकाले ढिलाइ भएको हो ।

महामन्त्रीका दुई सिटका लागि डा. प्रकाशशरण महत, प्रदीप पौडेल, गगनकुमार थापा, डा. मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा र डा. राजाराम कार्की उम्मेदवार छन् । महत र पौडेल सभापति शेरबहादुर देउवा समूहबाट हुन् भने थापा र रिजाल डा. शेखर कोइराला समूहबाट चुनावी मैदानमा छन् ।

शर्मा प्रकाशमान सिंह समूहबाट लड्दा कार्की विमलेन्द्र निधी समूहबाट उम्मेदवार छन् । यसअघि सभापतिमा शेरबहादुर देउवा तथा  उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् । त्यसैगरी प्रदेश २ बाट रमेश रिजाल र आनन्दप्रसाद ढुङ्गाना निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार