२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेसको १४ औँ महाधिवेशन

महामन्त्री पदको मतणनाको तयारी : "उमेद्वारसँग छलफल, केही समय लाग्ने "

बिहिवार , पौष १, २०७८


काठमाडौं, पुस । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गग महामन्त्री पदका लागि भएको मतदानको मतगणनाका लागि छलफल भएको छ । मतगणना  केहीबेरमा शुरु हुने कांग्रेस केन्द्रिय निर्बाचन समितिले जनाएको छ । 
महामन्त्रीका दुई सिटका लागि डा. प्रकाशशरण महत, प्रदीप पौडेल, गगनकुमार थापा, डा. मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा र डा. राजाराम कार्की उम्मेदवार छन् ।

महत र पौडेल सभापति शेरबहादुर देउवा समूहबाट हुन् भने थापा र रिजाल डा. शेखर कोइराला समूहबाट चुनावी मैदानमा छन् ।शर्मा प्रकाशमान सिंह समूहबाट लड्दा कार्की विमलेन्द्र निधी समूहबाट उम्मेदवार छन् ।
यसअघि सभापतिमा शेरबहादुर देउवा तथा  उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार