काठमाडौं, मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणना जारी छ । सात जना प्रतिस्पर्धीहरु भिडन्तमा रहेकामा दुई जना निर्वाचित हुनेछन् । केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार ३५ सय ५८ मत गन्दा :
- पूर्णबहादुर खड्काले १६३४ मत ल्याएका छन् ।
- धनराज गुरुङले १४ सय ३७ मत ल्याएका छन् ।
- विजयकुमार गच्छदारले १४४३ मत ल्याएका छन् ।
- डा. चन्द्र भण्डारीले १२५७ मत ल्याएका छन् ।
- महेश आचार्यले ४१३ मत ल्याएका छन् ।
- सुजाता कोइरालाले ४३८ मत ल्याएकी छिन् ।
- दिव्यश्वरी शाहले ११७ मत ल्याएकी छिन् ।
गुरुङ र भण्डारी संस्थापन इतरका हुन् । खड्का र गच्छदार संस्थापनका हुन् । सुजाता प्रकाशमान सिंह पक्षकी हुन् । दिव्यश्वरी विमलेन्द्र निधी प्यानलकी हुन् । महेश आचार्य भने स्वतन्त्र उम्मेदवार हुन् ।