२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

काग्रेस १४ औँ महाधिबेशन 

पदाधिकारीको मतगणना : ' आज अपरान्हबाट '

पुस ५ भित्र सबै मत परिणाम सार्वजनिक भइसक्ने गरी मतगणना गरिने कार्यक्रम

बुधवार , मंसिर २९, २०७८


काठमाडौं, मंसिर  । नेपाली कांग्रेसको  १४ औँ महाधिवेशन सम्पन्न भएको छ । सो महाधिबेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनमा सभापतिमा देउवा निर्बाचित भइसकेका छन भने  अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना आज, बुधबार, बाट शुरु हुने भएको छ । 
मतपेटिकाहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । निर्वाचन समितिका सदस्य एगराज पोखरेलले  बाँकी मतगणना आज अपरान्हदेखि शुरू हुने जानकारी दिएका छन  । शुरूमा पदाधिकारीको मतगणाना थाल्ने तयारी छ । पुस ५ गते भित्र सबै मत परिणाम सार्वजनिक भइसक्ने गरी मतगणना गरिने कार्यक्रम रहेको उनले  बताएका छन । 
गत २४  मंसिरबाट शुरु भएको कांग्रेस १४औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि २७ गते मतदान भएको थियो । 
पहिलो चरणको निर्वाचनमा सभापति पदका पाँच प्रतिस्पर्धीमध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याएका दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच मंगलबार पुनः दोस्रो चरणको निर्वाचन भएको थियो ।

दोस्रो चरणको निर्वाचनमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका छन् । दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खस्दा देउवाले २ हजार ७३३ मत पाए भने कोइरालाले १ हजार ८५५ मत पाए । ३५ मत भने बदर भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार