२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

देउवाले पाए निधीको पनि समर्थन

मंगलवार , मंसिर २८, २०७८

काठमाडौं, मंसिर ।  नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत दोस्रो चरणको निर्वाचनमा विमलेन्द्र निधीले पनि शेरबहादुर देउवालाई नै समर्थन गर्ने बताएका छन् ।

मंगलबार विहान प्रकाशमान सिंहको समर्थन जुटाएर निधी निवास पुगेका देउवा समक्ष निधीले समर्थन गर्ने बचन दिएका हुन् । शेर बहादुरजीले विहानै फोन गर्नुभएको थियो । तर मैंले साथीहरुसँग सल्लाह गर्छु भनेको थिएँ ।

साथीहरुको सल्लाह अनुसार नै देउवाजीलाई समर्थन गरेको हुँ, समर्थन पछि निधीले संचारकर्मीसँग भने । निधीका प्रेस सल्लाहकार रामजी दाहालका अनुसार बहुमत प्रतिनिधिको चाहना अनुसार देउवालाई समर्थन गर्नुपर्ने अवस्था आएको हो ।

सोमबार भएको पहिलो चुनावमा ५१ प्रतिशत मत कटाउन नसकेका देउवा मंगलबार विहानैदेखि समर्थन जुटाउन निस्किएका थिए ।दोस्रो चरणमा सहयोग जुटाउँदै हिंड्ने क्रममा पहिलो चरणका सभापति उम्मेदवार निधीको निवास पुगेर देउवाले समर्थन लिएका हुन् ।

यसअघि पहिलो चरणका प्रतिस्पधी प्रकाशमान सिंहसँग देउवाले समर्थन जुटाइसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार