काठमाडौं, मंसिर । नेपाली कांग्रेस सभापतिका उम्मेदवार तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको आवश्यकता पार्टीलाई एक बनाएर लैजानु भएको बताएका छन् ।
मंगलबार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन प्रतिनिधिका लागि आयोजना गरेको चियापान समारोहमा बोल्दै प्रम देउवाले कुनै व्यक्तिको विरोध गरेर पार्टी एकता नहुने बताए ।
चियापान सुरु हुन लाग्दा केही समय महाधिवेशन प्रतिनिधिले नाराबाजी गरेका थिए । नाराबाजी साम्य भएपछि भने, अहिलेको आवश्यकता पार्टीलाई एक बनाएर लैजानु हो । कुनै व्यक्तिको विरोध गरेर पार्टी एकता हुन्छ ? उनले वरिष्ठ नेता पौडेललाई प्रसंशा गर्दै राजनीतिमा सक्रिय रहन आग्रह गरे ।
रामचन्द्रजीको यो पार्टीमा धेरै योगदान छ उनले भने, उहाँले आयोजना गरेको चियापानमा सहभागी हुन पाउँदा मैले आफूलाई भाग्यमानी ठानेको छु । उनले पौडेलले देशको लागि धेरै ठूलो भूमिका निर्वाह गर्न बाँकी नै रहेको बताए ।
तपाईं हामी सबैको नेता हो उनले भने, भोलिका दिनमा तपाईंले धेरै ठूलो भूमिका निर्वाह गर्नुपर्ने छ । चियापान समारोहमा देउवाको सन्देश थियो, एक भएर अगाडि बढौं । राष्ट्रलाई योगदान गर्न सकौं । लोकतन्त्रको रक्षा गर्न सकौं ।