२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सभापतिमा पुनः आज नै  निर्बाचनको

दोस्रो चरणको चुनाव साढे ३ देखि साढे ७ बजेसम्म  : "देउवा - कोइराला भिड्ने " 

मंगलवार , मंसिर २८, २०७८


काठमाडौं,  मंसीर । नेपाली कांग्रेसको सभापति पदका लागि दोस्रो चरणको निर्वाचन दिउँसो साढे ३ बजेदेखि सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले मतदानका लागि साढे ३ बजेदेखि साढे ७ बजेसम्मको समय निर्धारण गरेको हो ।

दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ । पहिलो चरणको चुनावमा देउवाले २२५८ र कोइरालाले १७०२ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस निर्वाचन समितिले दोस्रो चरणको निर्वाचन आज, मंगलबार, नै गर्ने तयारी गरिदैछ ।  मंगलबार बिहान भएको मतगणनामा सभापति पदमा कुनै उम्मेदवार बहुमत प्राप्त गर्न सकेनन्। 

निर्वाचन समितिका सदस्य एगराज पाेखरेलले भने, ‘ हामी छलफलमा छौँ, संम्भवतः आजै हुुन्छ ।  पहिलो चरणमा कुनै उम्मेदवारले बहुमत ल्याउन सकेनन्,।  दोस्रो चरणको निर्वाचन आजै गर्ने गरी छलफल सुरु भएको छ।’

कूल खसेको ४ हजार ६७९ मतमा शेरबहादुर देउवाले बहुमत ल्याउन सकेनन् । डा. शेखर कोइरालाले दोस्रो मत प्राप्त गरेका छन्। पार्टीको विधानअनुसार कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कूल खसेको ५० प्रतिशत बढी मत हुनुपर्छ।

५० प्रतिशत बढी मत नल्याए पहिलो र दोस्रो स्थानमा रहेका दुईबीच दोस्रो चरणको चुनाव हुने प्रावधान छ। अब देउवा र डा। शेखर कोइरालाबीच सभापति पदका लागि निर्वाचन हुनेछ। राष्ट्रिय सभागृहमा मतगणना भएको थियो।

नेपाली कांग्रेसका कूल ४ हजार ७४३ मतदाता रहेका थिए। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा पाँच जनाले उम्मेदवारी दिएका छन्। त्यसमध्ये देउवा र र कोइरालाले प्यानल बनाएरै चुनावमा उत्रिएका छन्। सभापतिको दौडबाट प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ बाहिरिएका छन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार