२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सभापतिको मत परिणाम : '४२७६ मत गन्दा देउवाको २०४६ मत, अग्रता बढ्दो'

मंगलवार , मंसिर २८, २०७८

काठमाडौँ, मङ्सिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ सभापति चयनका लागि भएको मतदानको मतपरिणाम आउने क्रम जारी छ । सभापतिका लागि पाँच जना मैदानमा छन् । अहिलेसम्म प्राप्त मतगणनाको परिणाम अनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता बनाएका छन् ।
४२७६ मत गन्दा देउवाले २०४६ मत पाएका छन् । डा. शेखर कोइरालाले १६१५ मत पाएका छन् । प्रकाशमान सिंहले ३३५ मत पाएका छन् । विमलेन्द्र निधीले २३८ मत पाएका छन् । कल्याण गुरुङ्गले २० मत पाएका छन् ।  >आज बिहान पौने ४ बजेदेखि मतगणना शुरु भएको हो । कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो ।

बागमती र प्रदेश २ बाट मतगणना थालिएको थियो । सुदूरपश्चिमको मत गन्न बाँकी नै छ ।कुनै पनि उम्मेदवारले कूल खसेको मतको ५० प्रतिशत बढी मत नल्याएमा दोस्रो चरणमा मतदान हुनेछ । यो अवस्थामा पहिलो र दोस्रो स्थानमा रहने उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ । 

यदि दोस्रो चरणमा चुनाव पुगेका खण्डमा संस्थापन इतर पक्ष एक हुने बताइएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार