काठमाडौँ, मङ्सिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ सभापति चयनका लागि भएको मतदानको मतपरिणाम आउने क्रम जारी छ । सभापतिका लागि पाँच जना मैदानमा छन् । अहिलेसम्म प्राप्त मतगणनाको परिणाम अनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता बनाएका छन् ।
३८७८ मत गन्दा देउवाले १८४६ मत पाएका छन् । डा. शेखर कोइरालाले १४३३ मत पाएका छन् । प्रकाशमान सिंहले २८९ मत पाएका छन् । विमलेन्द्र निधीले २२६ मत पाएका छन् । कल्याण गुरुङ्गले २० मत पाएका छन् । आज बिहान पौने ४ बजेदेखि मतगणना शुरु भएको हो ।
कूल ४ हजार ७४३ मतदातामध्ये ४ हजार ६७९ मत खसेको थियो । बागमती र प्रदेश २ बाट मतगणना थालिएको थियो । सुदूरपश्चिमको मत गन्न बाँकी नै छ ।
नौ सय मत गन्न बाँकी छँदा बहुमत ल्याउन देउवालाई ५४२ मत जरुरी हुनेछ । कुनै पनि उम्मेदवारले कूल खसेको मतको ५० प्रतिशत बढी मत नल्याएमा दोस्रो चरणमा मतदान हुनेछ ।
यो अवस्थामा पहिलो र दोस्रो स्थानमा रहने उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ ।यदि दोस्रो चरणमा चुनाव पुगेका खण्डमा संस्थापन इतर पक्ष एक हुने बताइएको छ ।