२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस १४ औं महाधिवेशन

सिटौलाले मागे देउवालाइ भोट : ' भने : आफू सडकमा बसेर समर्थन "

आइतवार , मंसिर २६, २०७८

काठमाडौं, मंसिर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले १४ महाधिवेशन अन्तर्गत सोमबार हुने मतदानका लागि शेरबहादुर देउवाको प्यानललाई भोट मागेका छन् ।

मतदानको अघिल्लो दिन  अाज आयोजित कार्यक्रममा सिटौलाले  भने, आफू सडकमा बसेर देउवालाई समर्थन गर्ने बताएका छन  ।

देउवाको टीममा परिपक्कदेखि युवा टिम रहेको भन्दै उनले भने, शेरबहादुर देउवालाई सभापतिमा किन निरन्तरता नदिने ? के बिग्रिएको छ ? अनेक विवादबीच देउवाले पार्टीलाई बचाएको र अब पनि एकतावद्ध बनाउन सकिने उनले बताए ।

देउवाका लागि भोट माग्दै सिटौलाले भने, अबको केही महिनापछि चुनाव गर्नुपर्नेछ । सभापतिमा हारेको प्रधानमन्त्री बोकेर चुनावमा जाने ?

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार