२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस १४ औं महाधिवेशन

देउवाले भने : 'सभापतिमा म जितेमा कांग्रेसलाई पुरानै अवस्थामा ल्याउँछु' 

आइतवार , मंसिर २६, २०७८

 

काठमाडौँ, मंसिर । नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्तर्गत भोलि हुने निर्बाचनमा  प्रधानमन्त्रीसमेत रहेका  सभापतिका उम्मेदवार शेरबहादुर देउवाले आफू जितेमा पार्टीलाई पुरानै अवस्था फर्काउने बताएका छन् । 
काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा देउवाले आफू सभापतिमा निर्वाचित भए आगामी निर्वाचनमा केन्द्रदेखि स्थानीय तहसम्म कांग्रेस नेतृत्वमा सरकार बनाउने दाबी गरे ।
उनले भने, अहिले केन्द्रदेखि स्थानीय तहमा कांग्रेस सरकार बन्दै गएको भन्दै थपे, अब निर्वाचनपछि फेरि केन्द्र, प्रदेश, स्थानीय तहमा सरकार बनाएर कांग्रेसलाई पुरानै अवस्थामा ल्याउन सफल हुनेछ, त्यसैले सभापतिमा मलाई र मेरो टिमलाई जिताउनुस् ।
यस्तै, नेता कृष्णप्रसाद सिटौलाले शेरबहादुर देउवा र उनको टिमलाई जिताएर कांग्रेस आगामी निर्वाचनमा उच्च मनोबलका साथ जानुपर्ने बताए ।
सिटौलाले शेरबहादुर देउवा नेतृत्वको सरकार निर्वाचनसम्म रहने भन्दै उनको सभापतिमा जितेका प्रधानमन्त्रीसहित कांग्रेस निर्वाचनमा जानुपर्नेमा जोड दिएका हुन् ।हामीसँग हारेका अनुभव धेरै छन् । एमाले र माओवादी एक भएर बनेको बाम गठबन्धनका कारण हामीले हार ब्यहोर्‍यौं । यो सरकार निर्वाचनसम्म रहन्छ । निर्वाचन स्वच्छ, निप्ष्प र त्रासरहित वातावरणमा हुन्छ । 
निर्वाचन आउन लागेको बेला हामी महाधिवेशनमा छौं । सभापति पदमा हारेको प्रधानमन्त्रीको नेतृत्वमा सरकारमा जाने होइन, सभापति जितेका प्रधानमन्त्रीको नेतृत्वमा उच्च मनोबलका साथ निर्वाचनमा जानुपर्छ,ु उनले भने, ुसभापति दुई कार्यकालको व्यवस्था हामीले विधानमा गरेका छौं । यो टिम जित्दा परिपक्का नेता पनि छन् । युवा नेता पनि छन् । यसलाई विश्वासको मत जिताएर जानुपर्छ ।ु

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार