२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सभापतिका दाबेदार निधि भन्छन

निर्बाचनको पहिलो चरण : "कसैले जित्दैन, दोस्रोमा देउवाविरुद्ध मोर्चाबन्दी हुन्छ "

आइतवार , मंसिर २६, २०७८

काठमाडौं, मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले सभापतिमा पहिलो चरणमा कोही पनि विजयी नहुने बताएका छन् ।

महाधिवेशनस्थल भृकुटीमण्डपमा पत्रकारसँगको कुराकानीमा उनले सभापतिको निर्वाचन दोस्रो चरणसम्म लम्बिने र दोस्रो चरणमा आफू, प्रकाशमान सिंह र शेखर कोइरलाले देउवाविरुद्ध मोर्चाबन्दी गर्ने बताएका छन् ।

कांग्रेसको सभापतिमा जित हासिल गर्न खसेको कुल मतको ५१ प्रतिशत मत ल्याउनुपर्नेछ । निधिले सभापतिका उम्मेदवार धेरै भएकाले पहिलो चरणमा कसैले ५१ प्रतिशत मत नल्याउने दावी गरेका हुन् ।

दोस्रो चरणमा हामी तीन जनाले देउवाविरुद्ध मोर्चाबन्दी गर्छौं उनले भने, हामी नेतृत्व परिवर्तनको पक्षमा छौं । आफूले रामचन्द्र पौडेललाई सर्वसम्मत रुपमा अध्यक्ष बनाउन आग्रह गरे पनि सभापति शेरबहादुर देउवाले नमानेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार