२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

देउवा पक्षीय महाधिवेशन प्रतिनिधि  भेला : 'भने : मैले  जसरी नि जित्नै पर्छ, तपाइँहरु लाग्नुस्'

आइतवार , मंसिर २६, २०७८


काठमाडौँ, मंसीर ।  नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दलका आफू पक्षीय नेता तथा कार्यकर्ताको भेला राखेका छन । आज बिहान लैनचौरमा राखिएको भेलामा उनले भने, आफूलाई जसरी पनि जिताउनरस् । 
लैनचौरको एक बैंक्वेटमा आदीबासी जनजाती विभागले कांग्रेसको १४ औं महाधिवशेन प्रतिनिधित्व गर्न अदीबासी जनजाती समुदायका प्रतिनिधिलाई सम्बोधन गर्ने क्रममा उनले आफूले सभापति हारेमा धेरै प्रश्न उठ्ने बताएका थिए ।
उनले भने, मैले हारेँ भने मलाई प्रधानमन्त्री बाट हटाउँछन,  त्यसैले मैले जित्नै पर्छ । मलाई जिताइदिनु होला। पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन् भनेर मलाई प्रश्न गर्छन्, उनले भने, 'त्यही भएर मलाई सरकारबाट हटाउन सक्छन् । मलाई जिताइदिनु होला ।'
उनले प्रतिनिधिलाई सम्बोधन गर्दै कांग्रेसलाई सबैको पार्टी बनाएर लैजानुपर्ने भएकाले सबै जनजातिलाई आरक्षण दिएको समेत बताए ।
उनले भने, 'प्रजातन्त्र आजको जरुरी कुरा हो। कांग्रेसभित्र प्रजातन्त्र छ। तपाईंहरुलाई थाहै छ । अस्ति ओली हुँदा कस्तो थियो तपाईंहरुलाई थाहै छ ।' 




प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार