२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

पौडेल निवास पुगेर देउवाले भने : 'राजनीतिबाट बाहिर जाने कुरा नगर्नुस्'

आइतवार , मंसिर २६, २०७८

 

काठमाडौँ, मंसिर ।  नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राजनीतिबाट बाहिर जाने कुरा नगर्न आग्रह गरेका छन् ।
 शनिबार राति पौडेल निवास बोहोराटर पुगेर देउवाले ुराष्ट्रका लागि तपाईंको आवश्यकता छु भन्दै राजनीतिबाट बाहिर जाने कुरा नगर्न आग्रह गरेका हुन् । 
१४औं महाधिवेशनबाट पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाबाट आफू अलग रहने भन्दै पौडेलले शनिबार विज्ञप्ति निकालेका थिए ।
 पौडेललाई भेट्न निवास पुगेका देउवालाई महाधिवेशनमा आफ्नो सिद्धान्त र आदर्श विपरित अस्वस्थ्य प्रतिस्पर्धा हुने देखेर महाधिवेशनको प्रक्रियाबाट बाहिरिएको बताएका थिए ।
पौडेलले महाधिवेशनलाई स्वस्थ्य प्रतिस्पर्धामा रहेका सबैलाई कांग्रेसलाई कांग्रेस जस्तो बनाउन आग्रह समेत गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार