काठमाडौं, मंसिर । राप्रपाबाट ठूलै दल बलसिहत कांग्रेस प्रवेश गरेका सुनील थापाले नेपाली कांग्रेसको चौधौ अधिबेशन अन्तगर्त भएको निर्बाचनमा केन्द्रिय सदस्य पदका लागि उमेद्वारी दिएका छन । यसअघि उनी सहमहामन्त्री थिए ।
राप्रपाबाट कांग्रेस प्रवेश गरेका उनलाई नेपाली कांग्रेसले सहमहामन्त्री दिएको थियो । अहिलेको महाधिबेशनमा कांग्रेसले कसरी हेरेको छ र यसरी दलबलसहित अर्को दलबाट आएका नेता तथा कार्यकर्तालाई सम्मानजनक ठाउँ दिने र हैसियतदार पदमा पुयाउने काम गर्न त्यसले भविष्यमा अरुलाई आउन उत्प्रेरित गर्छ, त्यो हेर्ने बेला आएको छ ।
राप्रपाबाट कांग्रेस प्रबेश गरेका मध्येबाट अहिले एकजना सुनिल थापाले मात्र उमेद्वारी दिएका छन । उनीहरु बिजय गच्छदारलाई दिएको स्पेश, नेकपा एमालेमा ओलीले दिएको स्पेश र सम्मान कस्तो रह्यो त्यो आँकलन गर्दैछन । निकै उत्साहका साथ कांग्रेस प्रबेश गरेका नेता तथा कार्यकर्ताको अहिले कांग्रेसमा सुरक्षा दिन ध्यान दिन पनि आबश्यक रहेको देखिन्छ ।
उनीहरुको आश ठूलो राखेनन्, एकजना सुनिल थापालाई मात्र केन्द्रिय सदस्यमा मनोनयन दर्ता गरेर चुनावी मैदानमा उत्रिएका छन ।
उनीहरुको जिज्ञासा एउटै छ, दलभित्र सुरक्षा र सम्मान कस्तो रहन्छ, त्यसले कांग्रेसमा भविष्य र कांंग्रेसको भविष्य पनि निर्धारण गर्छ भन्नेमा आँकलन गर्नुपर्ने अवस्थामा पुगेका छन ।
राप्रपाका तत्कालीन अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा उनी कांग्रेसको सदस्यका लागि चुनावी मैदानमा उत्रिएका हुन् । नेता थापा राजनीतिमा सँधै कांग्रेससँग सहकार्य गर्ने र सकरात्मक सद्भाव राख्ने राजनेता थिए । लोकतान्त्रिक आचरण बोकेका राजनेता सूर्यबहादुर पुत्र अहिले कांग्रेसमा उमेद्वारी दिएर चुनावी मैदानमा छन ।
दलको नेतृत्वमा रहनेले आफ्नोसहित आफ्नाको पनि सुरक्षा गर्नुर्ने हुन्छ , त्यो निर्बाचनमार्फत कांग्रेसले देखाउनुपर्ने बेला पनि हो ।