२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस १४ औं महाधिवेशन

अन्तिम नामावली प्रकाशन : ' १३४ पदका लागि ५४८ जना उमेद्वार चुनावी मैदानमा '

आइतवार , मंसिर २६, २०७८

काठमाडौं, मंसीर ।  नेपाली कांग्रेसको १४ औं महाधिवेशनकाे आज तेस्राे दिन ।  नयाँ नेतृत्वका लागि हिजोबाट चुनावी प्रक्रिया शुरु भएको छ । शनिबार १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका हुन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले शनिबार मध्यराति नेपाली वर्णानुक्रमानुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको छ । जस अनुसार सभापतिमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

क्रम अनुसार सभापतिका लागि कल्याणकुमार गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवाले उम्मेवादरी दर्ता गराएको समितिले जानकारी दिएको छ ।

दुई उपसभापति पदका लागि सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी शाह, पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार रहेका छन् ।

दुई महामन्त्री पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । जसमा गगनकुमार थापा, डा. मिनेन्द्र रिजाल, डा प्रकाशशरण महत, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा र डा राजाराम कार्की रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार