काठमाडौँ, मङ्सिर । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि हुने चुनावमा सभापति शेरबहादुर देउवाको प्यानलले उम्मेदवारी दर्ता गरेको छ। कृष्णप्रसाद सिटौलासँग गठबन्धन गरेर देउवाले आफ्नो प्यानल तयार पारेर चुनावी मैदानमा उत्रेका छन । उनलाइ सिटौलाकाे दह्रिलो साथ रहेकाे छ ।
जुन प्यानलमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का उपसभापति उम्मेदवार बनेका छन् । यसैगरी देउवा प्यानलबाट महामन्त्रीमा प्रकाशशरण महत र सिटौला पक्षका प्रदीप पौडेलले उम्मेद्वारी दिएका छन ।
यस्तै, सहमहामन्त्रीका लागि आदिवासी जनजातिको तर्फबाट भीष्मराज आङ्देम्बे, दलिततर्फबाट मानबहादुर बिक, महिलामा डिना उपाध्याय, मधेसीमा महेन्द्र यादव, खस आर्यमा किशोरसिंह राठौर, थारुमा सिटौला पक्षका उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर र पीछडिएको क्षेत्रबाट जीवनबहादुर शाही उम्मेदवार बनेका छन ।
प्रधानमन्त्री देउवा प्यानलसहित उम्मेदवारी दर्ता गर्न पुगेका थिए। देउवा दर्ताका लागि पुग्दा शेरबहादुर देउवा जिन्दावादको नारा लागेको थियो ।