२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सभापतिका उम्मेदवार शेखरको टिम : डा. मिनेन्द्र रिजाल र गगनकुमार थापा महामन्त्री

शनिवार , मंसिर २५, २०७८

काठमाडौं, मंसिर । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाको टिमबाट डा. मिनेन्द्र रिजाल र गगनकुमार थापा महामन्त्रीको उम्मेदवार बन्ने भएका छन् ।

रामचन्द्र पौडेल सभापतिको उम्मेदवार नबन्ने भएपछि यो समूहका नेताहरुले शेखर कोइरालाको नेतृत्वमा टिम बनाएको छ । महामन्त्रीमा विश्वप्रकाश शर्मालाई ल्याएर डा. रिजाललाई उपसभापतिमा लैजाने छलफल पनि भएको थियो ।

तर डा. रिजाल र थापा नै महामन्त्रीको उम्मेदवार तय भएको एक नेताले जानकारी दिए । उनका अनुसार अरु पदाधिकारी र केन्द्रीय सदस्यहरुको टिम बनाउने काम भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार