२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

पौडेल समूहले शेखरलाई सभापति : ' महामन्त्रीमा विश्वप्रकाश ल्याउन छलफल'

शनिवार , मंसिर २५, २०७८

काठमाडौं, मंसिर । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले शेखर कोइरालालाई सभापतिको उम्मेदवार बनाउने भएको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहले छुट्टै टीम बनाएपछि वरिष्ठ नेता पौडेल सभापतिको चुनाव नलड्ने भएका छन् ।

अब यो समूहबाट सभापति उम्मेदवार शेखर हुनेछन् । पौडेल समूहका नेताहरु टीम बनाउन जुटेका छन् । यो समूहबाट एक जना महामन्त्रीको उम्मेदवारमा गगनकुमार थापा पक्का छ । तर अर्को महामन्त्रीको उम्मेदवार डा. मिनेन्द्र रिजाललाई बनाउने कि विश्वप्रकाशलाई ल्याउने भन्ने छलफलमै छ ।

केही नेताले विश्वप्रकाशलाई महामन्त्रीको उम्मेदवार बनाउनुपर्ने भयो भन्दै डा. रिजाललाई उपसभापति लड्न आग्रह गरेका छन् । तर रक्षामन्त्री समेत रहेका रिजाल त्यसमा सहमत छैनन् । यदि महामन्त्रीको उम्मेदवार नहुने हो भने पदाधिकारीको कुनै पनि पदमा नलड्ने उनको अडान छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार