२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस १४ औा महाधिबेशन 

संस्थापन इर्तरमा सहमति भएन : " वरिष्ठ नेता पौडेल चुनावी प्रतिस्पर्धाबाट अलग्गिए"

'आफू अहिले चुनावी प्रतिस्पर्धाबाट अलग्गिएको, राजनीतिबाट भने नटाढिने '

शनिवार , मंसिर २५, २०७८


काठमाडौं, मंसिर  । संस्थापन इर्तरमा  सहमित हुननसकेपिछ  वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट अलग्गिएका  छन । यससँगै उनले पार्टीको १४ औं महाधिवेशनमा आफू उम्मेदवार नहुने पनि जनाएका छन ।
सभापतिका दावेदार पौडेलले आफ्नो पक्षका नेताबीच साझा उम्मेदवार बनाउन नसकेपछि आफू बाहिरिएको जनाउँदै दोस्रो पुस्ताका नेतालाई सहमति गर्न जिम्मा दिए । 
पौडेल निवास बोहराटारमा भेला भएका आफ्नो पक्षका नेतासँगको छलफलका क्रममा जानकारी दिँदै नेता पौडेलले भने, ‘चार जनामध्ये एक जना सभापतिको उम्मेदपार हुनुपर्यो भन्ने प्रयास गरियो तर सफल भइएन । अब यो होडबाट म बाहिरिएँ । म चुनावी प्रतिस्पर्धाबाट बाहिरिएको छु ।’

उनले आफू अहिले चुनावी प्रतिस्पर्धाबाट अलग्गिएको भए पनि राजनीतिबाट भने नटाढिएको बताए । उनले आफूसँग साथमा हिँडेका नेताहरुलाई आफ्नो सुरक्षा आफै गर्नुस्समेत भनेका छन् । 

उनले भने, ‘अधिवेशनको मुखमा आएपछि म पनि बढ्छु, म पनि बढ्छु भन्नुभयो । एक जना भइदिनुस् म सहयोग गर्छु पनि भनेँ । शेखर र प्रकाशमान आफू नै बन्ने हो भनेर हिँडेको पाएँ । मैले कि मलाई सहयोग गर्नुस् हैन भने एक जना हुनुस् म सहयोग गर्छु भनें । सम्भव भएन । म प्रतिस्पर्धाबाट अलग भएँ ।’

नेता पौडेलले भने, ‘तपाईहरु आफ्नो सुरक्षा आफै गर्नुस् भनेको छु । म प्रतिस्पर्धाबाट अलग भएँ । तर म राजनीतिबाट अलग भएको छैन । राजनीतिक विकृति हटाउन मेरो यात्रा जारी रहन्छ । नेपाललाई माया गर्ने कम्युनिष्ट हैन । कांग्रेस नै हो । अहिलेलाई म प्रतिस्पर्धामा छैन ।’

उनले भने, ‘उम्मेदवार मात्र भइदिने भएर त अर्थ रहेन । म दलदलमा बस्दिन । मलाई अलग राखेर अगाडि बढ्नुस् तपाईहरु सोच्नुस् भनेर भनेको छु ।’

भावुक हुँदै पौडेलले भने, ‘पार्टीमा दुःख कष्ट सहेका नेता पनि देखेको छु । साथीहरुलाई बचाउन अनेक प्रयत्न पनि गरेको छु । बचाएको पनि छु । तर अब साथीहरु आफ्नो सुरक्षा आफै गर्नुस् ।’ 

छलफल अहिले पनि जारी छ । उक्त छलफलमा मन्त्री दिलेन्द्रप्रसाद बढू, मन्त्री मिनेन्द्र रिजाल, पूर्व स्थास्थ्यमन्त्रीहरु अर्जुननरसिंह केसी र गगनकुमार थापा लगायतका नेताहरु रहेका छन् । प्रकाशमान सिंहले आफू जसरी पनि उम्मेदवार बन्ने बताएसँगै सहमति भाँडिएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार